४३९ मेगावाटको बेतन कर्णाली आयोजना निर्माणको चरणमा, ७४ अर्ब १५ करोड लागत अनुमान

तीन वर्षको अध्ययनपछि बेतन कर्णाली जलविद्युत् आयोजना निर्माण पूर्वको तयारीमा जुटेको छ । आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा लैजान प्रर्वद्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण पूर्वका लागि आवश्यक विभिन्न क्रियाकलाप थालेको हो । ४३९ मेगावाटको अर्धजलासययुक्त आयोजनाको विद्युत्गृह, बेस क्याम्प हाउस, हेड टनेल अछामको ढकारी गाउँपालिका–६,डाइभर्सन टनेल सुर्खेतको चौकुने गाउँपालिका–६ तथा बाँधस्थल दुबै गाउँपालिकाको…