चार सय केभी क्षमताको तामाकोशी-काठमाडौं प्रसारण लाइन निर्माण हुने

तामाकोशी करिडोर नेपालको जलविद्युतका लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत् निकट भविस्यमा नै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ। सोही करिडोरमा १०० मेगावाट क्षमताको तामाकोशी पाँचौँको निर्माण शुरु हुनै लागेको छ । यस्तै…