भेरी नदीमा निर्माण हुने दुई जलविद्युत् आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माणको काम अवरुद्ध भएको छ । नेपालमा लक डाउन भएको भन्दै चिनियाँ कामदारहरु आतिएर काम छाडेको जानकारी आएको नलगाड जलविद्युत् आयोजनाका इञ्जिनीयर पदम थापाले जानकारी दिए । काम गर्ने चिनियाँ टोली मङ्गलबार दिउँसो रुकुमपश्चिम आठविसकोट नगरपालिकाको राडीमा आएको सूचना पाएको तर खोज्न जाँदा नभेटिएको…