शिवश्री हाइड्रोका प्रत्याभुतकर्ता मर्चेण्ट बैंकहरुले धितोपत्र बोर्डलाई शेयर प्रत्याभुत गर्न नसक्ने व्यहोराको जवाफ फर्काएका छन् । उनीहरुले शिवश्रीको बिक्री नभएको झण्डै २४ करोड रुपैंयाको शेयर प्रत्याभुत गरेको अवस्थामा कम्पनीको कमजोरीका कारण सबै शेयर सकार्न नसक्ने व्यहोरा धितोपत्र बोर्डमा अनुरोध गरेका हुन् । शिवश्री हाइड्रोले आयोजनामा प्राकृतिक कारणले पुगेको क्षतीका विषयमा प्रत्याभुतकर्तालाई जानकारी नगराएकाले लगानी जोखिममा…