काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन तोलामा १ हजार ४०० रुपैयाँले बढेको छ । सोमबार चाँदी तोलामा ४५ रुपैयाँले बढेसँगै नयाँ रेकर्ड कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला सुनको मूल्य २ लाख ५३ हजार ६०० रुपैयाँ कायम भएको छ ।…