आर्थिक वर्ष सुरु भइसक्दा पनि ३ उपमहानगर सहित १७४ स्थानीय तह बजेट विहीन

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ सुरु भइसक्दा पनि मुलुकका १७४ स्थानीय तहहरुले अझै बजेट ल्याउन सकेका छैनन् । बजेट ल्याउन नसक्ने स्थानीय तहहरुमा ३ वटा उपमहानगरपालका पनि रहेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । प्रदेशगत रुपमा हेर्दा सबैभन्दा बढी मधेश प्रदेशमा ५९ वटा स्थानीय तह बजेट विहिन अवस्थामा छन् । त्यसपछि कोशीमा २८, लुम्बिनीमा २४…