काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको भाउ लगातार दोस्रो दिन घटेको छ । हिजो बिहीबार तोलामा ८०० रुपैयाँले घटेको थियो भने शुक्रबार तोलामा ५०० रुपैयाँले घटेको छ । शुक्रबार चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, शुक्रबार चाँदीको मूल्य प्रतितोला २ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी प्रतितोला २ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।
नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिन्छ ।
शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ३ हजार २९४.२४ अमेरिकी डलर र चाँदी प्रतिऔँस ३६.६४ डलरमा कारोबार भइरहेको छ ।












प्रतिक्रिया