काठमाडौँ । सिरहाको लहानमा सातामा २ पटक लाग्ने हाटबजारलाई व्यवस्थित गदै आधुनिक तरकारी बजार सञ्चालन गरिने छ । नगर प्रमुख महेशप्रसाद चौधरीले २ करोडभन्दा माथि लागतमा बन्ने पक्की संरचनाको शिलान्यास गरेका छन् । जनसंख्या र व्यापार व्यवसायका हिसाबले वीरगन्ज र जनकपुरपछि लहान मधेस प्रदेशकै ठुलो बजार हो । ‘यो ठाउँमा पहिलेदेखि नै अव्यवस्थित रूपमा हाट…