काठमाडौँ । ‘आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्’, स्टलमा आउने सबैजसो ग्राहकलाई विजयसालका भाँडा देखाउँदै कञ्चनपुरका गणेशराज बोहोराले भने,‘यी भाँडामा पानी राखेर खाँदा फाइदै फाइदा छन् । भारतको देहरादूनमा शुक्रबारदेखि सुरु इन्डो–नेपाल व्यापार मेलामा अकलोकनकर्तालाई बोहोराले विजयसालका भाँडामा पानी राखेर खाँदाका अनेकन फाइदा एक–एक गरी सुनाए । ‘रातभर यी भाँडामा पानी राखेर बिहान खाली…