काठमाडौं । एनएमबि बैंकलाई युएन उमन एशिया–प्यासिफिक डब्लुईपीएसले लैङ्गिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरेको छ । युएन उमन र यूएन ग्लोबल कम्प्याक्टले कार्यस्थल र समुदायहरूमा महिला सशक्तीकरण गर्दै लैङ्गिक समानता प्रवर्द्धनका लागि विश्वव्यापी मापदण्डहरू निर्धारण गरेको छ । एनएमबि बैंकले ती विश्वव्यापी मापदण्डहरू कार्यान्वयन गर्नकालागि बैंकको तर्फबाट सक्दो प्रयास…