ब्रिटिस काउन्सिल नेपालले आफ्नो मूख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावका ६५औं वर्ष स्मरण गर्दैछ । बेलायत नेपाल मैत्री सन्धिको शतवार्षिकी उत्सबकै आएको यो विशिष्ठ अवसरले दुई मुलुकहरुबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट पार्दछ । नेपालका लागि बेलायती राजदूत महामहीम रब फेनले यस अवसरलाई कोषेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गरे ।…