नेपाली बजारमा सर्वाधिक रुचाइएको करेन्ट चाउचाउको उत्पादक यशोदा फुड्सले ओरिएन्टल स्वादको चाउचाउ बजारमा ल्याएको छ। यो चाउचाउ भेज र नन भेज दुवै विकल्पहरूमा उपलब्ध हुने बताएको कम्पनीले प्रति प्याकको ६० रुपैयाँ र फेमिलि प्याकको ३०० रुपैया बजार मूल्य निर्धारण गरेको छ । उपत्यका भित्र तथा बाहिरका भाटभटेनी स्टोरमा करेन्ट ओरिएन्टल फ्लेभर नुडल्सको बिहीबारदेखि फ्री टेस्टिङ्ग…