महालक्ष्मी विकास बैंक लिमिटेडले आर्किड गार्डेन नेपाल परियोजनालाई आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पीछडिएका बालबालिकाहरुको अधिकार, कल्याण र स्वास्थ्य सुरक्षित गर्ने मुख्य उद्देश्यले स्थापित आर्किड गार्डेन नेपाल परियोजनालाई सफल बनाउन राउण्ड टेबल नेपालसँग समन्वय गरी आर्थिक सहयोग प्रदान गरेको हो । विगत १७ वर्षदेखि पीछडिएका बालबालिकाहरुलाई दिवा स्याहार तथा…