विद्युत प्राधिकरणले सुक्खायामका लागि टनकपुरबाट थप १५ मेगावाट ल्याउने

सुक्खायामको बिजुली आपूर्तिलाई सहज बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले भारतको टनकपुर बिन्दुबाट थप १५ मेगावाट विद्युत् आयात गर्ने भएको छ । त्यसका लागि भारतबाट अनुमति प्राप्त भएको प्राधिकरणले जनाएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणले शुक्रबार टनकपुरबाट थप विद्युत् ल्याउन नेपाल विद्युत् प्राधिकरणलाई अनुमति दिएको हो । विद्युत् प्राधिकरणले टकपुरबाट ७० मेगावाटसम्म विद्युत् आयात गरिरहेको…