व्यापारिक घराना त्रिवेणी ग्रुप मार्फत नेपालमै विश्व प्रसिद्ध रोयल इन्फील्ड बाइकको उत्पादन सुरु भएको छ । सन् २०२२ को मे महिनामा स्थापना भएको एसेम्बली प्लान्टले सन् २०२३ को मे महीनाबाट व्यापारिक उत्पादन सुरु गरेको हो । त्रिवेणी ग्रुप अन्तर्गतको टिजी अटो ग्रुप प्रालिले बारा जिल्लामा रोयल इन्फील्डको एसेम्बलिङ्ग प्लान्टको स्थापना गरी बाइकहरुको उत्पादन गरिरहेको छ…