अन्याय गरेको भन्दै साबिक राष्ट्र उत्थानका २ सय कर्मचारीले दिए राजीनामा

आशा लघुवित्त वित्तीय संस्थाका करिब २ सय कर्मचारीले राजीनामा दिएका छन् । मर्जरपछि बनेको आशा लघुवित्तको व्यवस्थापन समूहले साबिकको राष्ट्र उत्थान लघुवित्तका कर्मचारीमाथि अन्याय गरेको भन्दै उनीहरूले राजीनामा दिएका हुन् । साबिक राष्ट्र उत्थानका २ सय कर्मचारी हेटौडामा भौतिक उपस्थिति भई संयुक्त राजीनामा दिएका हुन् । उनीहरुले ११ बुँदे माग राख्दै राजीनामा दिएका छन् ।…