कमजोर वित्तीय अवस्थाको दिव्यश्वरी हाइड्रोपावरले शतप्रतिशत हकप्रद बेच्ने

वित्तीय अवस्था धरासायी रहेको दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आफ्ना सेयरधनीहरुबाट शतप्रतिशत हकप्रद बिक्री गरेर रकम संकलन गर्ने निर्णय गरेको छ । कम्पनीले हकप्रदबाट उठेको रकम बैंक ऋण भुक्तानीका लागि प्रयोग गरिने जनाएको छ । कम्पनी सञ्चालक समितिको असार १० गते बसेको बैठकले चुक्ता पुँजीको १०० प्रतिशत (१ः१ अनुपात) हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।…