सरकारले जलस्रोतको बहुउपयोगका लागि नयाँ नीति बनाउने

नेपालमा वार्षिक रूपमा उपलब्ध हुने पानीमध्ये १० प्रतिशत मात्रै उपभोग हुने गरेको सन्दर्भमा सरकारले त्यसलाई दिगो विकासको लक्ष्यसँग जोडेर थप उपभोग गर्ने लक्ष्य तय गरेको छ ।  करिब २०० अर्ब घनमिटर पानी विभिन्न नदीनालाबाट तथा १० अर्ब घनमिटर पुनःभरण हुने भूमिगत स्रोतबाट उपलब्ध हुने गरेको छ तर उपलब्ध स्रोतमध्ये १० प्रतिशत मात्र उपयोगमा रहेको छ…