पिपुल्स पावर लिमिटेड र सयपत्री हाइड्रोपावर लिमिटेडको गरी कुल ९२ लाख २६ हजार कित्ता सेयर असोज २७ गते बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । नेप्सेका अनुसार पिपुल्स पावरको ६२ लाख २६ हजार कित्ता तथा सयपत्री हाइड्रोपावरको ३० लाख कित्ता सेयर सूचीकृत भएको हो । पिपुल्स पावरले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई…