जनकपुर विमानस्थलमा पनि हवाई इन्धन भर्ने सुविधा

नेपाल आयल निगमले जनकपुरबाट पनि हवाई इन्धन रिफ्यूलिङ सेवा सुरु गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यातवले जनकपुर विमानस्थलमा हवाई रिफ्यूलिङ सेवा (इन्धन भर्ने सुविधा) को उद्घाटन गरेका हुन्। विमानस्थलमा इन्धन भर्ने सुविधा विस्तार गर्ने नेपाल आयल निगमको योजना अनुसार जनकपुरमा उक्त सेवा विस्तार गरिएको निगमले जनाएको छ। निगमले प्रदेश र स्थानीय…