कुमारी बैंकले ल्यायो ‘कुमारी बचत सुरक्षा खाता’, एक खाता खोल्दा परिवारकै बीमा

कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ संचालनमा ल्याएको छ । जसमा परिवारका कुनै एक सदस्यको खाता खोल्दा पूरै परिवारले बीमा सुविधा पाउने बैंकले जनाएको छ । बैंकले कुमारी बचत सुरक्षा खाता मा सहभागिता जनाउने ग्राहकलाई २६ लाख रुपैयाँसम्मको बीमा सुविधा दिने भएको छ। बैंकका अनुसार परिवारका बुबा अथवा आमाले यो खाता खोल्न सक्ने छन्।…