अन्तर्राष्ट्रियस्तरको स्वास्थ्योपचार दिँदै आएको ‘नर्भिक इन्टरनेशनल हस्पिटल’ ले आफ्नो स्वास्थ्य सेवा सर्वसाधारणको पहुँचमा रहेको जनाएको छ । विगतमा उच्च घराहनाका बिरामीको पहुँचमा मात्र सीमितजस्तो देखिएको उक्त अस्पतालले पछिल्ला वर्षमा स्वास्थ्य सेवामा आम सर्वसाधारणको पहुँच अभिवृद्धि गरेको जिकिर गरेको हो । उक्त अस्पताल स्थापनको २६ औँ वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा स्वास्थ्य सेवामा आधुनिक प्रविधि उपयोगका…