हिमालयन पावर पर्टनरको दोर्दीखोला आयोजनाले शनिबारदेखि बिजुली उत्पादन परीक्षण गर्ने

हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीले लमजुङमा निर्माण गरेको दोर्दीखोला जलविद्युत् आयोजनाबाट शनिबारदेखि बिजुली उत्पादन परीक्षण थालिने भएको छ । दोर्दीखोलामा निर्माण गरिएको २७ मेगावाट क्षमताको उक्त आयोजनाको निर्माण साता पहिले पुरा भएसँगै शनिबारदेखि बिजुली उत्पादन परीक्षण थाल्ने भएको हो । आयोजनाका साइड इन्चार्ज दीपक ज्ञवालीका अनुसार शनिबारदेखि पाँच दिन बिजुलीको उत्पादन परीक्षण गर्न लागिएको हो…