निषेधाज्ञा खुकुलोसँगै आशावादी बने सौराहाका पर्यटन व्यवसायी, होटलमा १५ अर्बभन्दा बढी लगानी

कोरोना सङ्क्रमणका कारण एक वर्षभन्दा बढी समयदेखि प्रभावित बनेका यहाँका पर्यटन व्यवसायी र मजदूरमा आशा जागेको छ । कोरोनाको दोस्रो लहरसँगै निरास बनेका व्यावसायी आउँदा दिन सहज बन्ने अपेक्षामा छन् । गत वर्षको चैतयता विदेशी पर्यटक आउन नसक्दा यहाँको पर्यटन व्यवसाय प्रभावित बनेको छ । बीचका केही महिना आन्तरिक पर्यटकले केही सहज भएको भए पनि…