काठमाडौँ । अनलाइन बजार प्लेटफर्म दराज नेपालले आफ्ना ग्राहकहरूका लागि नयाँ अप्शनका रुपमा ’च्वाइस’ सार्वजनिक गर्ने घोषणा गरेको छ । यो अप्शनमार्फत उपभोक्ताहरूले उत्कृष्ट मूल्यमा निर्माता स्रोतबाट छानिएका १,००० भन्दा बढी टप–रेटेड उत्पादनहरू सिधै खरिद गर्न सक्नेछन् । न्यूनतम मूल्य १३० रुपैयाँदेखि सुरु हुने जानकारी दिइएको छ । साथै, कम्पनीका तर्फबाट ती उत्पादनहरुको खरिदमा विशेष…