नेपाल आइडल सिजन ६ को अडिसन चैत्रको पहिलो हप्तादेखि

काठमाडौँ ।  एपीवान टेलिभिजनद्वारा प्रस्तुत नेपाल आइडल सिजन ६ को अडिसन चैत्र महिनाको पहिलो हप्तादेखि सुरु हुने भएको छ। आइतबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले अडिसनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएका छन्। यस सिजनलाई अघिल्ला सिजनभन्दा फरक र विशेष बनाउने उद्देश्य राखिएको छ। नेपाल आइडलले नेपाली संगीत क्षेत्रका उदयमान तथा लुकेका प्रतिभालाई उजागर गर्ने महत्वपूर्ण…