क्लासिक टेक ह्याकाथन प्रतियोगिता २०२५ आयोजना हुँदै

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेक नेपाल र टेक्नोफेस्ट संगको सहकार्यमा ह्याकाथन प्रतियोगिता २०२५ हुने भएको छ। कार्यक्रम फाल्गुन ३ र ४ गते काथफोर्ड इन्टरनेशनल कलेज अफ इन्जिनियरिङ र म्यानेजमेन्टको प्रङ्गागमा हुने आयोजकले बताएको छ । ह्याकाथन २०२५ ले युवापुस्तालाई प्रविधिमा अगाडि बढ्न प्रेरित गर्ने तथा नवीन समाधानहरु विकास गर्न प्रोत्साहित गर्ने लक्ष्य राखेको छ।…