उद्योग व्यवसायमा थप कर वृद्धि गर्नु हाम्रा उत्पादनलाई प्रतिस्पर्धाविहिन अवस्थातर्फ धकेल्नु होः चौधरी

अर्थमन्त्री डा. प्रकाश शरण महतले संसदमा प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि आफ्ना धारणा राख्न गइरहेको छु । मलाई थाहा छ, यो बजेटका आफ्नै सीमाहरू छन् । बजेटले संयुक्त सरकारमा सहभागी राजनीतिक दलका दृष्टिकोणहरूलाई प्रतिनिधित्व गरेको छ । सत्ता सहकार्यमा रहेका दलहरूका ‘पोलिटिकल फिलोसोफी’हरू फरक फरक छन् । त्यसैले यो बजेट नेपाली कांग्रेसको…