शनिबार थप ७० जनामा कोरोना सङ्क्रमण पुष्टि, कूल सङ्क्रमितको ५०.५ प्रतिशत डिस्चार्ज

पछिल्लो २४ घण्टामा ७० कोरोना सङ्क्रमित थपिएका छन् । कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले विभिन्न २५ वटा प्रयोगशालामा गरिएको ३ हजार ६४८ नमूना परीक्षणमा ७० जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिए। प्रदेश अनुसार सबैभन्दा बढी गण्डकी प्रदेशमा १६, वाग्मती प्रदेशमा १४, प्रदेश नं १ मा…