'स्विफ्ट टटल' नामक पुच्छे्ताराका कारण हुने उल्का वर्षा यस वर्ष आज रातिदेखि हुने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । यो उल्का वर्षा बिहीबार बिहानसम्म अत्यधिक मात्रामा देखिने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले राससलाई जानकारी दिए । उल्का वर्षाको स्रोत ययाति (पर्सियस) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘पर्सिड मिटियर सावर’ नाम दिइएको पनि उनले सुनाए । …