काठमाडौँ । नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकारले सय दिन पूरा गरेको छ । गठबन्धबाट एमाले अध्यक्ष केपी ओली प्रधामन्त्री भएपछि आमसर्वसाधारणको पक्षमा भन्दा पनि सरकार टिकाउनमै ध्यान केन्द्रित गर्नु परेको अवस्था छ । गठबन्धन सरकार गठन गर्ने क्रममा भएको सहमतिअनुसार अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय, व्यावसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान…