चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको अर्थतन्त्र सबैभन्दा सबल देखिएको छ । राष्ट्रिय तथ्याङक कार्यालयका अनुसार चालु आर्थिक वर्षमा गण्डकी प्रदेशको अर्थतन्त्र ४.३५ प्रतिशतले वृद्धि हुने देखिएको हो । चालु आवमा गण्डकी प्र्रदेशको अर्थतन्त्रले राष्ट्रिय अर्थतन्त्रमा ९.१ प्रतिशतको योगदान गर्ने कार्यालयको अनुमान रहेको छ । कार्यालयले चालु आवमा राष्ट्रिय अर्थतन्त्र ३.८७ प्रतिशतले वृद्धि हुने अनुमान गरेको…