व्यवसायीले अर्थतन्त्रको अवस्थालाई देखाएर सरकारसँग ‘नेगोसिएसन’ गर्दाको असर सेयर बजारमा

उद्योगी व्यवसायीले अर्थतन्त्रमा बहुआयामिक असर परेको भन्दै विरोध प्रकट गर्न थालेपछि त्यसको असर झाँगिदै गएको छ । व्यवसायीहरुले औपचारिक–अनौपचारिक रुपमा गर्दै आएको विरोधले धितोपत्र बजारका लगानीकर्ताको आत्मबलमा समेत असर गरेको हो । उद्योगीले कहिले ब्याजदर अस्वभाविक बढेको भन्दै आन्दोलन गरेका छन् भने कहिले सार्वजनिक फोरम मार्फत अर्थतन्त्रमा जटिल समस्या आउन थालेको भन्दै सरकारलाई सचेत गराउँदै…