पछिल्लो पाँच वर्षको अवधिमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या करिब दश लाखले बढ्दा सोही अवधिमा सरकारले सामाजिक सुरक्षातर्फ व्यहोर्नुपर्ने दायित्वको अंश करिब चारगुणाले बढेको देखिएको छ। चालु आर्थिक वर्षको बजेट प्रस्तुत गर्दैगर्दा अर्थमन्त्री डा प्रकाशशरण महतले तलबभत्ता, प्रशासनिक खर्च, सामाजिक सुरक्षा, सार्वजनिक ऋणको साँवा(ब्याज भुक्तानीका लागि मात्रै सरकारले १२ खर्ब ८० अर्ब रूपैयाँ बराबर…