काठमाडौं । सरकारले नेपाल बिमा प्राधिकरणको रिक्त सञ्चालक समितिको अध्यक्ष नियुक्तिको दरखास्त आह्वान गरेको छ । अध्यक्ष नियुक्तिको लागि गठित सिफारिस समितिले आज एक सूचना जारी गर्दै अध्यक्ष नियुक्तिको लागि खुल्ला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी आवेदन आह्वान गरेको हो । बिमा प्राधिकरणको अध्यक्ष पदमा आवेदन दिनका लागि बिमा, मौद्रिक, बैकिंङ, वाणिज्यशास्त्र, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित…