टाट पल्टेका विमान कम्पनीको बक्यौता असुल्न चुनौती, दुई अर्ब बक्यौता असुल्न प्राधिकरणलाई निर्देशन

प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले मातहतका विभिन्न निकायको झण्डै दुई अर्ब बक्यौता असुल्न नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएको छ । समितिको आइतबारको वैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअन्तर्गत ग्राउण्ड हेण्डलिङ तथा भाडाबापतको वक्यौता रकम यथाशीघ्र उठाउनका लागि आवश्यक कारवाही अघि बढाउन प्राधिकरणलाई निर्देशन दिने निर्णय गरेको हो । समितिले सञ्चालनमा रहेका र नरहेका राष्ट्रिय/अन्तर्राष्ट्रिय विमान कम्पनीहरु, सरकारी…