म्याद नाघेका ग्यास सिलिन्डरमा रङरोगन गरी बिक्री गर्दा उपभोक्ता जोखिममा

बाँकेको नेपालगञ्जमा म्याद नाघेका ग्यास सिलिन्डर छ्यापछ्याप्ती भेटिने गरेका छन् । ग्यास बिक्रेताले पुराना ग्यास सिलिन्डरमा रङरोगन गरी नयाँ देखाउँदै ग्यास भरेर बिक्री गर्दै आएका छन् । यसले ग्यास उपभोक्ता आमनागरिक उच्च जोखिममा देखिएका छन् । यस्ता कामको नियमन गर्ने निकाय स्थानीय प्रशासन र उपभोक्ता हकहित संरक्षण मञ्चलगायतका निकायहरू मौन देखिएका छन् । उपभोक्ताको ज्यानै…