नेपाल–युएई श्रम समझदारी आजदेखि कार्यान्वयनमा, कल्याणकारी र बीमाबाहेक कुनै शुल्क तिर्नुनपर्ने

नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच भएको श्रम समझदारी आजदेखि औपचारिक कार्यान्वयनमा आएको छ । कामदारको भर्ना, रोजगारी र फिर्तासम्बन्धी प्राविधिक विषय दुई देशका प्रतिनिधि सम्मिलित संयुक्त कार्य समूहको बैठकले टुङ्ग्याएसँगै सो समझदारी कार्यान्वयनमा आएको हो । समझदारीको प्रभावकारी कार्यान्वयनको मार्ग प्रशस्त गर्न आइतबार र सोमबार दुई देशका प्रतिनिधि सम्मिलित प्राविधिक समितिको पहिलो बैठक…