तीन लाख घुस सहित उच्च अदालतका नासु पक्राउ

उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलास बाँकेमा कार्यरत टाइपिस्ट नायब सुब्बा कृष्ण कुमार पाठक तीन लाख घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल, सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिई गएको टोलीले पाठकलाई सेवाग्राहीसँग तीन लाख घुसबापतको रकम लिँदै गर्दा बैशाख २१ गते पक्राउ गरेको हो । पाठकले अदालतमा विचाराधीन मुद्दामा सहजीकरण गरिदिने…