नारायणी किनार : तटबन्ध सहित सौन्दर्य अभिवृद्धि

चितवन । नारायणगढ बजारसँगै रहेको नारायणी नदीको तटीय क्षेत्रलाई तटबन्धनसँगै सौन्दर्यअभिवृद्धि गरिने भएको छ । यसअघि बनाइएका अधिकांश संरचना बाढीले बगाएपछि नदी तटीय क्षेत्रको गुरुयोजना निर्माण गरी काम गर्न लागिएको हो । नदीको बाढी बजारमा पसेपछि उद्योग वाणिज्य सङ्घ चितवनको प्रतिनिधिमण्डलले बजार बचाउन र नदी तटीय क्षेत्रलाई व्यवस्थित गर्ने मागसहित सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य एवं…