गार्डियन माइक्रोलाइफले पारित गर्यो आईपीओ निष्कासन गर्ने प्रस्ताव

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारण सभाले सर्वसाधारणमा प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रस्ताव पारित गरेको छ । अध्यक्ष उदिप श्रेष्ठको सभापतित्वमा होटेल एअरर्पोट, विराटनगरमा आइतबार सम्पन्न भएको इन्स्योरेन्सको साधारण सभाले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नुका साथै सोका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्ने अख्त्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव…