नारायणगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालन

पहिरोका कारण अवरुद्ध नारायगढ–मुग्लिन सडक दुइतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार चितवनको इच्छाकामना–५ स्थित तीन नम्बर पुलमा आज बिहान पुनः पहिरो खसेपछि सडक दुइतर्फी अवरुद्ध बनेको थियो । पहिरो पन्छाइ सडक दुइतर्फी सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरोसँगै खसेको ढुङ्गाले लागेर ना…