खानेपानीमन्त्री उमाकान्त चौधरीले तोकिएको समयभित्रै मेलम्ची खानेपानी काठमाडौं उपत्यकामा ल्याउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल खानेपानी संस्थानको ३३ औं वार्षिकोत्सवका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा उनले तोकिएको समयभित्रै काठमाडौं उपत्यकावासीलाई खानेपानी उपलब्ध गराउने गरी मन्त्रालयले कामलाई तीव्रता दिएको बताएका हुन् । “वर्तमान सरकारका प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रका नाममा सम्बोधन गर्दै बाढी, पहिरोका कारण क्षति…