आर्थिक वर्ष २०८०\०८१ को बजेट आज प्रस्तुत हुँदै

सरकारले आगामी आर्थिक वर्ष २०८०\०८१ को वार्षिक आयव्यय (बजेट) आज प्रस्तुत गर्दै छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज अपराह्न ४ बजे संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् । सरकारले आर्थिक सुधार गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने गरी बजेट ल्याउने भएको छ । १७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी गरेको छ…