काठमाडौँ । आन्तरिक राजस्व विभागले सुन, चाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार गर्ने व्यवसायीहरूलाई व्यक्तिगत खाताबाट व्यवसायिक कारोबार नगर्न निर्देशन दिएको छ। सुनचाँदीलगायत बहुमूल्य धातु वा वस्तुको कारोबार व्यवसायिक संस्थाको नाममा रहेको बैंक तथा वित्तीय संस्थामा रहेको खाताबाट मात्र गर्नुपर्ने व्यवस्था गरेको हो। ‘सूचक संस्थाले व्यक्तिगत खाता वा आफ्ना कर्मचारी, परिवारका सदस्य वा अन्य कुनै…