पर्वतको कुश्मा नगरपालिका –३ दुर्लुङ ढकाल थरमा शनिबार राति परेको मुसलधारे वर्षासँगै गएको पहिरोमा परि ३ जनाको मृत्यु भएको छ भने ६ जना वेपत्ता भएका छन्। साँझ ६ बजेदेखि अविरल करिब २ बजेसम्म परेको वर्षाले पहिरोको कारण २ घर बगाएको छ। नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाले कुटो, कोदालो र फरुवाले खोस्रिएर पहिरोमा ६२ वर्षीय…