प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा काँग्रेस संसदीय दलको आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो । काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले नेपालको संविधानको धारा ९ को उपधारा…