दोहोरो अङ्कले घट्यो शेयर बजार, ५० करोड भन्दा कम कारोबार

शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक आइतबार पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.३६ बिन्दुले घटेर एक हजार २५८ दशमलव २७ अंकमा झरेको हो। ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८७ बिन्दुले घटेर २६९.९७ अङ्कमा आइपुगेको छ । कूल १७४ कम्पनीको १४ लाख ७३ हजार…