राष्ट्र बैंकको अनुमतिपछि मात्र वाणिज्य बैंकहरुले सिईओ नियुक्ती गर्न पाउने

नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जिवि नेपालले राष्ट्र बैंकको अनुमति बीना वाणिज्य बैंकहरुले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसक्ने व्यवस्था लागू गर्न लागिएको खुलासा गरेका छन् । मंगलबार सार्वजनिक लेखासमितिको बैठकमा बोल्दै गभर्नर नेपालले हाल बैंक तथा वित्तीय संस्थाहरुको सञ्चालक समितिले सिईओ नियुक्त गर्दै आएकोमा अब केन्द्रीय बैंकले नियुक्ति गर्ने व्यवस्था गर्न लागिएको जानकारी दिए…