उत्तर कोरियाका नेता किम जोङ उन २० दिनपछि सार्वजनिक रुपमा देखिए

उत्तर कोरियाका नेता किम जोङ उन सार्वजनिक रुपमा देखिएका छन्। उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम २० दिनपछि सार्वजनिक रुपमा देखिएका हुन्। उत्तर कोरियाली समाचार संस्था कोरियन सेन्ट्रल न्यूज एजेन्सी (केसीएनए) अनुसार नेता किमले रासायनिक मल उत्पादन गर्ने उद्योगको उद्घाटन गरेका छन्। समाचार एजेन्सी केसीएनएले नेता किमले उद्योग उद्घाटन गर्ने क्रममा रिबन काट्दै गरेको…