धितोपत्र बोर्डले कोरोना विरुद्ध लड्ने कोषमा ५० लाख योगदान गर्ने

नेपाल धितोपत्र बोर्डले कोरोना बिरुद्ध लड्न सरकारले स्थापना गरेको कोषमा ५० लाख रुपैयाँ योगदान गर्ने भएको छ। धितोपत्र बोर्डका विश्वभरी फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएको अवस्थामा त्यसको नियन्त्रणका लागि उक्त रकम योगदान गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए। उक्त कोषमा सरकारले ५० करोड राखिसकेको छ भने मन्त्रीहरुले एक महिनाको तलब…